लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

   फाल्गुन १७, २०७९  
99 Shares

दाङ, १७ फागुन । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ ।
महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक बुधवार दिउँसो १ बजे बस्न लागेको हो ।
आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।
एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।
लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार जना र लोसपाको तीन जना सांसद छन् । यता, आठ दलको बैठक आज बिहान ११ बजे दाङको देउखुरीमा बस्न लागेको छ ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनीमा पनि एमाले नेतृत्व सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास स्वरुप आठ दलहरुबीच बैठक बस्न लागेको हो ।
लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, जसपा, लोसपा र जनमतका ३÷३ नेकपा एकीकृत समाजवादी र जनमोर्चाका १÷१ र स्वतन्त्रका २ प्रदेश सभा सदस्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै