आज सुनको मूल्य तोलामा ५ सय बढे

74 Shares

काठमाडौँ, १७ फागुन । आज नेपाली सुन, चाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय बढेको छ ।
मंगलबा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३ सयमा काराबार भएको थियो ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८ सय तोकिएको हो ।
आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ७० रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार