कोभिड अस्पताल र एचडियु वार्डको तयारी अन्तिम चरणमा

   २० बैशाख २०७८, सोमबार १७:३३  

तराई टप संवाददाता
रौतहट, २० वैशाख । कोभिड १९ को दोश्रो लहर संग लड्न कोरोना संक्रमित विरामीहरुको लागि कोभिड अस्पताल र एचडियु वार्ड बनाउने कार्य यतिवेला रौतहट जिल्लाको तिन वटा स्थानमा युद्धस्तरमा भईरहेका छन् ।
गौर अस्पताल, गौर नरसिंग इन्ष्टिच्यूट र चन्द्रपुरमा अक्सिजन सहितको कोभिड वार्ड र गौरमा १५ वेडको एचडियु वार्डको कार्य धमाधम युद्धस्तरमा तयारी भईरहेका हुन् । मंगलवार साँझ देखि संचालनमा आउने उक्त कोभिड अस्पतालहरुमा निर्माणको अन्तिम चरणमा रहेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको प्रमुख तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।


गौर अस्पतालमा ३२ वेडको कोभिड वार्ड, १५ वेडको मोनिटर सहितको एचडियु प्रदेश सरकारको सहयोगमा र ४ वेडको भेन्टिलेटरको तयारी भईरहेको जानकारी दिदै प्रजिअ यादवले गौर नगरपालिकाको सहयोगमा गौर नरसिंग इन्ष्टिच्यूटमा २५ वेड र चन्द्रपुर, वृन्दावन, गढीमाई गरुडाको सहयोगमा ४५ वेडको चन्द्रपुरको सहिद पार्कमा कोभिड अस्पताल भोलिबाट संचालनमा आईसक्ने बताए । भेन्टिलेटर संचालन गर्नका लागि गौर अस्पतालमा दक्ष जनशक्तिको अभाव रहेको हुँदा प्रदेशको समाजिक विकास मन्त्रालयमा लिखित पत्राचार गरिएको तत्कालै विशेषज्ञ जनशक्तिलाई पदास्थापना गराउन भनिएको छ ।
यसको बाहेक प्रत्येक स्थानीय तहमा ५ देखि १० बेडको कोभिड अस्पतालको तयारी भईरहेको हुँदा अव यहाँ आत्तिनुपर्ने अवस्था नरहेको प्रजिअ यादवले भने । रौतहटमा १५७ जना कोभिडको सक्रिय विरामी रहेको मध्ये २ जना निको भएर फर्किदा आज सँझ सम्म १५५ जना संक्रमित विरामी सक्रिय अवस्थामा रहेको उनले बताए ।
जिल्लाबासीहरु सचेत भएको हुँदा कोभिड माथि अहिले सम्म सन्तोषजनक अवस्था छ । यसलाई अझै नियन्त्रण गर्नका निमित्त सदरमुकाम गौर चन्द्रपुर सहितका विभिन्न स्थानहरुमा लाग्ने हाट बजार भोली देखि पूर्ण रुपमा बन्द गरिने निर्णय भएको हुँदा यसलाई पलना गर्न गराइदिन सम्बध पक्षहरु संग प्रजिअ यादवले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै