लघुवित्तको ऋण गलपासो झै बन्यो

   फाल्गुन १७, २०७९  
83 Shares

रौतहट, १७ फागुन । लघुवित्तको ऋण गलपासो झै बन्न थालेपछि पिडित भएको भन्दै महिलाहरु संगठित हुन थालेको छ ।
लघुवित्तको कारण चर्को व्याज खेप्नु परेको, घरपरिवारमा झगडा हुन थालेको, लुकेर, भागेर बस्नुपर्ने अवस्था आएकोले रौतहटका बिभिन्न टोलका पिडितहरु संगठित हुन थालेको हो ।
एकै ब्यक्तिले १५ वटा लघुवित्तले लगानी गरेको कारण पैसा तिर्न नसकेपछि ऋणिलाइ घरमै आएर लघुबित्तले चेतावनि दिन थालेपछि पिडितहरु संगठित बन्न थालेका हुन्् ।
ऋणलिनेहरुले लघुवित्तको नियम अनुसार १० देखि ५० जनाको महिला समूह गठन गरेर ऋण लिने गरेका छन ।
समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गरेको छ । एकलाख ऋणमा बीमा, आपतकालीन र सेवाशुल्क गरेर १० हजार काटिन्छ ।
हातमा परेको ९० हजार को वर्षमा लघुवित्तलाई १ लाख ६० हजार बुझाउनुपर्छ । ६ हजार बचतमा बस्छ । किस्ता तिर्न आनाकानी गरे महिला समूह लगाएर घरमा भएको भाँडाकुँडा,जिन्सी समान समेत लाने गरेको ऋणिहरुको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै