कञ्चनवनमा होली मनाएर आज धनुषाधाम पुगे

   फाल्गुन १७, २०७९  
91 Shares

धनुषा, १७ फागुन । मिथिला मध्यमिकी परिक्रमा यात्रा कञ्चनवनमा होली उत्सव मनाएर मंगलबार पर्वता पुगेको यात्रा बुधबार धनुषाधाम पुग्ने भएको छ ।
धनुषाधामा यात्रीहरुको लागि खानेपानी, निःशुल्क स्वास्थ्य शिविरलगायतको सुविधाजन्य व्यवस्थापनको तयारी गरिएको हो ।
धनुषमन्दिरलाई बेहुली झैं सजाइएका छन् । त्रेतायुगमा सीतासंग विवाह गर्नु अघि भगवान रामले तोडेको शिव धनुष तीन टुक्रा भएको थियो सो मध्येको एक टुक्रा धनुष धनुषाधामै अवस्थित रहेको जनविश्वास रहेको छ ।
धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा १० औं दिन बुधबार धनुषाधाम पुग्ने भएको छ । यस अघि मंगलबार परिक्रमाका यात्रीहरुले पर्वतामा रात्रिविश्राम गरेका थिए ।
मिथिला विहारी मन्दिरबाट सुरु भइ हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन हुँदै पर्वता पुगेको थियो । पर्वतामा रात्रि विश्राम गरेको परिक्रमा आज धनुषाधाम पुगेर रात्रि विश्राम गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै