सन्दीप र अर्जुन हन्ड्रेड को ड्राफ्टमा समावेश

   फाल्गुन १७, २०७९  
87 Shares

काठमाडौं, १७ फागुन । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने फ्रेन्चाइज क्रिकेट हन्ड्रेड को ड्राफ्टमा नेपालको सन्दीप लामिछाने र अर्जुन साउद समावेश भएको छ ।
तेस्रो संस्करणको प्रतियोगिताको लागि सार्वजिनक ड्राफ्ट लिस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद परेको हो ।
सन्दीप यसअघि हन्ड्रेड क्रिकेटको लागि छनोट भइसकेका थिए । तर भिसा प्रक्रिया नमिल्दा उनले खेल्न पाएका थिएनन् । अर्जुन भने पहिलो पटक हन्ड्रेडको ड्राप्टमा परेका हुन् ।
सार्वजनिक ड्राफ्ट सूचीमा सन्दीप र अर्जुनसहित कुल ३ सय ६८ खेलाडी छन् । खेलाडी ड्राफ्ट यह मार्च २३ मा आयोजना हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै