दोस्रो पटक युभेन्टसमा अनुबन्ध भएका पउल पोग्बाले

96 Shares

काठमाडौं, १७ फागुन । दोस्रो पटक युभेन्टसमा अनुबन्ध भएका पउल पोग्बाले चोटपछि पुनरागमन गर्दै पहिलो खेल खेलेको छ ।
पोग्बाले गत अप्रिलपछि पहिलो खेल खेल्दै पुनरागमन गर्दा युभेन्टसले सिरि ए को टुरिन डर्बीमा टोरिनोलाई ४–२ ले पराजित गरेको हो ।
मिडफिल्डर पोग्बाले पछिल्लो पटक २०२२ मार्चमा लिभरपुलविरुद्ध म्यानचेष्टर युनाइटेडका लागि खेलेका थिए ।
फ्रेन्च खेलाडी पोग्बाले टोरिनोविरुद्ध वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । उनले ६८ औं मिनेटमा एन्जो बारानेचेएलाई रिप्लेस गरेका थिए ।
युभेन्टसको लागि जुवान क्वाड्राडोले १६ औं, डानिलोले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै ब्रेमरले ७१औं र एड्रिए राबिओले ८०औं मिनेटमा गोल गरे । टोरिनोका लागि यान कारामोले दोस्रो र एन्टोनिओ सानाब्रिअले ४३औं मिनेटमा गोल गरे ।

सम्बन्धित समाचार