कम्तीमा ५० लाख मानिसहरु आर्थिक सङ्कटमा

78 Shares

संयुक्त राष्ट्रसंघ, १७ फागुन । राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा ५० लाख मानिसहरु खाद्य सङ्कटमा परेका बताइएको छ ।
सोमालियाली अधिकारीहरुले यस अघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेको हो ।
खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा १ लाख मानिसहरु अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताएका छन् ।
उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब ५ लाख जनाको अवस्था नाजुक रहेको छ । अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए ।

सम्बन्धित समाचार