९४५ दिनपछि मास्क लगाउने बाध्यता हटाए

86 Shares

हङकङ, १७ फागुन । हङकङमा ९ सय ४५ दिनपछि मास्क लगाउने बाध्यता हटाइएको छ ।
विश्वमा कोभिडसँग सम्बन्धित सबैभन्दा लामो प्रतिबन्धको पनि अन्त्य भएको हो । हङकङका नेता जोन लीले भने, ‘अब हङकङमा भाइरस नियन्त्रणमा छ र फेरि फैलिने कुनै ठुलो सङ्केत छैन ।’
हङकङमा मास्क लगाउने बाध्यता जुलाई २०२० मा सुरु भएको थियो र करिब ९ सय ४५ दिनसम्म चल्यो । मास्क नलगाउनेलाई ८३ हजार रुपैयाँसम्म जरिवाना लगाउन सकिने छ ।
मास्क लगाउने बाध्यता हटाएपछि हङकङको अवस्था सामान्यमा फर्किन ेछ । ‘यस वर्ष र अर्को वर्ष पनि हामी अर्थतन्त्र र विकासको लागि पूर्ण गतिमा काम गर्ने छौँ ।’
हङकङले कोरोनासँग लडन चीनको प्रयासलाई अपनाइरहेको छ । यसमा शून्य कोभिड रणनीति पनि समावेश छ । हङकङमा जुन प्रकारको प्रतिबन्ध लगाइएको थियो त्यसले व्यापारलाई धेरै नोक्सान पु¥याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार