गर्मी सुरु भएपछि घरैमा बसेर झाडापखालाको उपचार गर्ने

157 Shares

काठमाडौँ, १७ फागुन । गर्मी सुरु भएपछि झाडापखाला, हैजा लगायतका रोगहरूले सताउने गर्छ ।
चिकित्सकहरूका अनुसार स्तनपान नगराई बोतलको दूध खुवाइएको बच्चाहरू, कुपोषित बालबालिका, दूषित खाना र पानी खाँदा र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा झाडा पखालाको उच्च जोखिम हुन्छ ।
झाडापखाला लाग्दा पेट दुख्ने, बान्ता हुने, पातलो दिसा आउने लगायतका लक्षणहरू देखिन्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यस्तो अवस्थामा घरैमा झाडापखालाको उपचार गर्न सकिन्छ ।
घरैमा उपचार गर्ने ५ नियम
१ झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने
२ प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटक पटक खान दिने
३ नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहने
४ स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार औषधिको मात्रा नबिराईकन खुवाउने
५ व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने

प्रतिक्रिया

सम्बन्धित समाचार