सनी देओलको गदर–२ फिल्म सामाजिक सञ्जालमा भाइरल

127 Shares

मुम्बई, १७ फागुन । केही समयअघि सनी देओलको फिल्म गदर–२ को सुटिङको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अहिले सलमान खान र कट्रिना कैफको आगामी फिल्म टाइगर–३ को सुटिङ सेटबाट एक भिडियो लिक भएको हो ।
यो भिडियोमा सलमान खान नभई फिल्म टाइगर–३ मा उनको कोस्टार इमरान हाश्मी देखिएका छन् । भिडियोमा सेटको वरिपरि धुवाँ देखिन्छ, जसले फ्यानहरूलाई यो एक एक्सन दृश्य हो भनेर अनुमान लगाइरहेका छन् ।
इमरान कालो टिसर्ट र जिन्समा देखिएका थिए । इमरान टाइगर–३ मा भिलेनको भूमिकामा देखिने छन् । टाइगर ३ मा सलमान खानको फरक लुक देखिनेछ ।

सम्बन्धित समाचार