रौतहटमा सर्जिकल मास्कको मूल्य ५ रुपैया निर्धारण, खाद्यान्न बस्तुको कृत्रिम अभाव नगर्न उद्योग वाणिज्य संघद्धारा व्यवसायी संघ आग्रह

   २१ बैशाख २०७८, मंगलवार १७:४८  

तराई टप संवाददाता
रौतहट, २१ बैशाख । सर्जिकल मास्क चर्को मूल्यमा विक्री वितरण भईरहदा रौतहट उद्योग वाणिज्य संघले सर्जिकल मास्कको मूल्य निर्धारण गरेको छ ।
रौतहट जिल्लाभरी १० रुपैयामा विक्री हुँदै आएको सर्जिकल मास्क आज देखि ५ रुपैयामा विक्री गर्नु पर्ने निर्णय रौतहट उद्योग वाणिज्य संघले गरेको हो । महामारीबाट आक्रान्त भएको जनता माथि बढी भार नथपी थोरै मुनाफामा सर्जिकल मास्क विक्री गर्न गरिएको निर्णय पछि जिल्ला भरी सर्जिकल मास्कको मूल्य ५ रुपैया निर्धारण गरिएको बताइएको छ ।
सर्जिकल मास्कको मुल्य खरिद गरेको भन्दा तेब्बरमा बिक्रि भईरहेको नागरिकहरुबाट गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको अनुरोधमा रौतहट उद्योग बाणिज्य संघलाई मास्कको मुल्य निर्धारण गरेको संघको जिल्ला अध्यक्ष पंडित प्रसाद जयसवाले बताए ।
तोकिएको मुल्य भन्दा बढीमा मास्क बिक्रि गरिएको पाइएमा जिल्ला प्रहरी कार्यालयले कारवाही गर्ने जनाएको छ । कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सजिलो उपाय सर्जिकल मास्क नै भएकाले सो मास्कलाई ५ रुपियामा विक्रि गर्न समेत मास्क विक्रि गर्ने गराउने पसलहरुलाई संघले अपिल गरेको रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष जयसवालले जनकारी दिए ।
खाद्यान्न सामग्रीको कृतिम अभाव नगर्न ब्यावसायीहरुलाई अपिल गरेको छ । उद्योग बाणिज्य संघ रौतहटले मंगलबार एक सुचना जारी गर्दै कोरोना संक्रमणको मौका छोपी यो संकटको घडिमा अति आवश्यक खाद्यान्न लगायतका सामग्रीहरुको कृतिम अभाव सृजना नगरि उचित मुल्यमा विक्रिबितरण गर्न ब्यावसायीहरुलाई अनुरोध गरेको हो । हाल रौतहट लगायत मुलुकभर कोरोना संकटले नागरिकहरुको जीवन संकटमा परेकाले आ—आफ्नो स्तरबाट सहयोग गर्नु पर्ने भएकाले सोही अनुसार नागरिकहरुलाई सक्ने सहयोग गर्न समेत जयसवालले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै