हेटौंडा–काठमाडौं सडक १० गते सम्म बन्द

   फाल्गुन १८, २०७९  
122 Shares

हेटौंडा, १८ फागुन । हेटौंडा–काठमाडौं जोडने कान्ति लोकपथमा आज गतेदेखि आगामी चैत १० गतेसम्म बन्द गरेको छ ।
सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो । कान्ति लोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएका छन् ।
हेटौंडाबाट काठमाडौं जान हेटौंडा, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट, चित्लाङ, मार्खु, कुलेखानी, भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन हुने छ ।
हेटौंडाबाट काठमाडौं जोडने छोटो दुरीको यी दुई सडक बन्द भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गको रुपमा काठमाडौंबाट हेटौंडा र्फकन प्रयोग गर्न दिने निर्णय भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै