119
Shares
काठमाडौं, १८ फागुन । प्रदेश सरकारले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन सार्वजनिक बिदा दिएको छ ।
सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक बिदाका अतिरिक्त भन्दै प्रदेश सरकारलाई यस्तो सुविधा दिएको हो ।
प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति र रीतिस्थिति समेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा वर्षको ६ दिन सम्म सार्वजनिक बिदा दिन सक्ने छ ।
सरकारले वार्षिक ६ वटा त्यस्ता बिदामा प्रदेशमा रहेका संघीय सरकारका कार्यालयहरुमा समेत बिदा गर्ने’ घोषणा गरेका छन् ।
प्रदेश सरकारले हरेक वर्ष सुरु हुनुभन्दा पहिले राजपत्रमा सूचना प्रकाशित गरी बिदा घोषणा गर्नु पर्ने छ र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयहरुले गृह मन्त्रालयमा खबर गर्नु पर्ने छ ।