प्रदेश नंं.१ को नाम कोशी राखिएको उपलक्ष्यमा आज सार्वजनिक विदा

   फाल्गुन १८, २०७९  
98 Shares

विराटनगर, १८ फागुन । प्रदेश नंं. १ को नाम कोशी राखिएको उपलक्ष्यमा बिहीबार प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।
मन्त्रिपरिषदको बैठकले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरीएको हो ।
प्रदेश भित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।
मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश नं.१ को नाम कोशी राख्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै