जनकपुरधाम, १८ फागुन । चुनावमा आफू जिते नदी दोहन बन्द गराउने प्रतिवद्धता गर्दै मत मागेको छ ।
बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतोले वैशाखमा नेपाली कांग्रेसबाट पालिका प्रमुखमा निर्वाचित भएको हो ।
तर एक वर्ष नबित्दै उनले जनतासँग गरेका प्रतिबद्धता विपरीत पालिका भित्रका नदी तथा खोला उत्खननको लागि ठेक्का लगाउने निर्णय गरेका छन् ।
यसअघि डम्बरबहादुर राउत क्षेत्री पालिका अध्यक्ष हुँदा नदीजन्य पदार्थको चरम उत्खनन भएको थियो । ठेक्का सम्झौता विपरीत ठेकेदारले जनप्रतिनिधिसँग मिलेमतो गरी मापदण्ड विपरीत १५÷२० फिट गहिरो खाडल खनेर गिट्टी बालुवा निकाल्दा स्थानीयले चर्को विरोध गरेका थिए ।
स्थानीय चुनावमा महतोले त्यसैलाई चुनावी मुद्दा बनाए । आफू निर्वाचित भए खोला तथा नदीको दोहन बन्द गराउने प्रतिवद्धता जनाउँदै निर्वाचित भएका अध्यक्ष महतोले पनि विगत दोहो¥याउन खोजेका हुन् ।
स्थानीयले भने खोला उत्खननमा राम्रो कमाइ हुने भएकाले पालिका प्रमुखसहितका जनप्रतिनिधि त्यसतर्फ अग्रसर देखिएको बताउँ छन् ।