चीनद्धारा सबैभन्दा ठूलो रणनीतिक चुनौती खडा गरेको अमेरिका जापानको ठहर

   फाल्गुन १८, २०७९  
186 Shares

वासिंगटन, एजेन्सी । संयुक्त राज्य अमेरिका र जापान दुबैले चीनलाई वासिंगटन टोकियो र उनीहरूका सहयोगीहरूले सामना गर्ने सबैभन्दा ठूलो साझा रणनीतिक चुनौती भएको ठहर गरेका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जापानी समकक्षीहरूसँगको २ं२ मन्त्रीस्तरीय बैठकपछि दुबै देश विश्‍वको साझा रणनीतिक चुनौतीको रुपमा चीन देखा परेको बताएका हुन् ।
ुहामीले जनता गणतन्त्र चीन हामी र हाम्रा सहयोगी र साझेदारहरूले सामना गर्ने सबैभन्दा ठूलो साझा रणनीतिक चुनौती भएको विषयमा सहमति जनाएका छौं, ब्लिन्केनले वाशिंगटनमा पत्रकार सम्मेलनमा भने ।
हामी (रूसी) राष्ट्रपति पुटिनको युद्धको विरुद्ध युक्रेनको साथमा छौं, उनले थपे ।
अमेरिकी शीर्ष कूटनीतिज्ञ र रक्षामन्त्री लोयड अस्टिनले आफ्ना समकक्षी जापानी विदेशमन्त्री योशिमासा हयाशी र रक्षामन्त्री यासुकाजु हमाडालाई सुरक्षा सम्बन्धी मुद्दाहरूको विस्तृत दायराबारे छलफल गर्न अमेरिका जापान सुरक्षा परामर्श समितिको बैठक सफल भएको बताए ।
दुई देशका विदेश र रक्षा अधिकारीहरूले चीनको बढ्दो शक्तिले इन्डो प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिरका क्षेत्रमा सबैभन्दा ठूलो रणनीतिक चुनौती खडा गरेकोमा सहमत भएको जापानको क्योडो न्यूजले रिपोर्ट गरेको छ ।
दुवै पक्षले प्रतिरक्षालाई सुदृढ गर्ने र अन्तरिक्षमा समेत आफ्नो सुरक्षा सन्धिको दायरा विस्तार गर्ने वाचा गरेका छन् ।
जापानी विदेशमन्त्रीले आफ्ना अमेरिकी समकक्षीसँग सहमति जनाउँदै चीनको विदेश नीतिले बेइजिङको हित पूरा गर्ने अन्तर्राष्ट्रिय व्यवस्था स्थापना गर्ने लक्ष्य राखेको र यो अमेरिका(जापान गठबन्धनको लागि ठूलो चिन्ताको विषय भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै