‘क्रिड ३’ लस एन्जलसमा विश्व प्रिमियर

198 Shares

वासिंगटन, १८ फागुन । माइकल बी जोर्डनको शीर्ष भूमिका रहेको हलिउड स्पोर्टस ड्रामा ‘क्रिड ३’ बिहीबार बिहान अमेरिकाको लस एन्जलसमा विश्व प्रिमियर गरिएको छ ।
अभिनेत्री टेसा थम्पसन सुनौलो झिलिमिली पोसाकमा सजिएर रेड कार्पेटमा उपस्थित हुँदा अभिनेता जोर्डन भने स्लीक सुटमा सहभागी भएको हो ।
३९ वर्षीया मार्वल अभिनेत्रीले ‘ब्ल्याक प्यान्थर’ फेम्ड ३६ वर्षीय अभिनेतासँग फिल्ममा अभिनय गरेकी छिन् । प्रिमियरमा अभिनेता समेत रहेका जोर्डनले आफ्नो डेब्यु निर्देशकीय अवसरलाई सेलिब्रेसन समेत गरेका छन् ।
‘क्रिड ३’ फिल्मले बाल्यकालका दुई साथीबीचको मित्रता र दुश्मनीको कथा पेस गर्छ । खेल सम्बन्धी फिल्ममा रुचि राख्ने दर्शकलाई यो फिल्म प्रिय लाग्न सक्छ । एजेन्सी

सम्बन्धित समाचार