काठमाडौं, १८ फागुन । स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीग्लौज गरेको भन्दै संगीत सम्बन्धि ६ संघसंस्थाले विन्ध्यवासिनी म्युजिक प्रालिको सञ्चालक सुवास रेग्मीले उक्त कार्यप्रति खेद व्यक्त गरेको छ ।
गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल मार्फत स्रष्टा, सर्जक र कलाकारलाई लक्षित गर्दै गरिएका गालीग्लौजप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
रेग्मीविरुद्धको जाहेरी माथि समर्थन जनाउँदै उनीहरुले अनुसन्धानमा साथ दिने वचन दिएका छन् । भविष्यमा यस्ता कार्य निर्मूल पार्न र सम्बन्धित निकायलाई यसतर्फ गम्भीर रुपमा ध्यानाकृष्ट गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।
रेग्मी अहिले प्रहरी हिरासतमा छन् । उनलाई काठमाडौं जिल्ला अदालतबाट थप तीन दिन म्याद थपिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन