आईसीसी यू–१९ विश्वकप खेलमा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिए

113 Shares

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा नेपालले युएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।
बिहीबार मानमा रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९१ रन बनाएको हो ।
नेपालको लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे । नेपालको लागि हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका हुन् ।
बलिङतर्फ यूएईका लागि ध्रुब प्रशारनले ३ विकेट लिए । त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले २–२ विकेट लिए ।
आजको खेलमा नेपालले जित निकाल्न सकेमा सन् २०२४ मा श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने छ ।

सम्बन्धित समाचार