१२ वर्षीय किशोरका अगाडि गोली हानेर बाबुको हत्या

125 Shares

सिडनी, १८ फागुन । अस्ट्रेलियामा १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या गरिएको छ ।
मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै रहेको कार भित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको हो ।
गोली प्रहारको बेला उनका छोरा साथमै रहेका प्रहरीले एक विज्ञप्ति निकालेर बताएका छन् । प्रहरीले यो सङ्गठित अपराधको लक्षित आक्रमण भएको आशङ्का गरेको छ ।
४० वर्षीय ती व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकहरूको प्रयासको बाबजुद उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको कारण खुलेको छैन । प्रहरी अनुसन्धान जारी छ ।

सम्बन्धित समाचार