जनकपुरमा बोरामा पुरुषको शव बरामद

   २१ बैशाख २०७८, मंगलवार १८:०६  

तराई टप संवाददाता
जनकपुरधाम, २१ बैशाख । जनकपुर उपमहानगरपालिका २३ विन्धी स्थित आँपको बगैचामा बोरा भित्र कोचिएको अवस्थामा पुरुष व्यक्तिको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीमा ६ लेन सडकको छेउमा रहेको आँप बगैँचामा बोरोमा पुरुषको शव फेला परेको हो । ५०÷५५ वर्षीय पुरुषको शव बोरामा पोको पारेर फालेको अवस्थामा मंगलबार भेटिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।
घाँटीमा झुण्डिएर मृत्यु भएको जस्तो निलडाम देखिएको, शरीमा अन्य कतै कुनै डाम नदेखिएको उपरीक्षक राणभाटको भनाई छ । राति नै बोरामा हालेर कसैले लास फालेको हुन सक्ने शवको प्रकृतिले देखिएको उनले बताए । तालिम प्राप्त कुकुरको मद्दत पश्चात अनुसन्धान गरी शवलाई पोस्टमाार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै