छानबिन गर्न आएका अख्तियारको टोलिलाई स्थानियले लखेटे

   फाल्गुन १८, २०७९  
148 Shares

रौतहट, १८ फागुन । मौलापुर नगरपालिका वर्डा नं. १ मर्यादपुर गाउँमा वितरण गरिएको राहत सामाग्रीहरुको विषयमा अनुगमन र छानविन गर्न आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीलाई स्थानीयहरुले लखेटेको छ ।
कोभिड– १९ को महामारी फैलिएको बेला महिला समाज उत्थान केन्द्रले वितरण गरेको राहत समानको भुक्तानी मौलापुर नगरपालिकाले गरेको भनी परेको उजुरीको आधारमा स्थलगत बुझ्न आएको अख्तियारको टोलिलाइ केही स्थानियले अवरोध खडा लखेटेको हो ।
मेयर रीना कुमारी साह लगायतलाई विपक्षी बनाएर दर्ता गराइएको उजुर सम्बन्धि छानवीन गर्न आएको अख्तियार अनुसंधान आयोगको टोली राजनैतिक प्रभावमा परेर पार्टी कार्यकर्ता संग मुचुल्का गराउन थालेपछि स्थानीयहरुले लखेटेको मौलापुर नगरपालिका वर्डा नं. ५ का तत्कालीन वडा अध्यक्ष एवं मेयर प्रत्यासी राम प्रवेश यादवले आरोप लगाए ।
नगरपालिकाबाट संस्थाले वितरण गरेको राहतको रकम किन भुक्तानी भएको भन्दा मेयरले गरेको जवाफ पाएपछि आयोगमा प्रमाण सहित उजुरी दिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै