विचौलियाहरुको चंगुलबाट मुक्त गराई सहज रुपमा सवारी अनुमतीपत्र वितरण गराउने–मुख्यमन्त्री सरोजकुमार यादवको प्रतिबद्धता

186 Shares

रौतहट, १८ फागुन । मधेश प्रदेशका मुख्य मन्त्री सरोजकुमार यादवले सबारी अनुमती पत्र पाउनमा विचौलियाहरु हावी रहेको हुँदा त्यसता कुरीतीलाई चिर्दै सर्व सुलभ ढंगबाट सर्वसाधारण जनताहरु सवारी अनुमती पत्र पाउन सकिने व्यवस्थापन गरिएको बताए ।
रौतहट सदरमुकाम गौरमा विहिवार सबारी चालक अनुमती पत्र सेवा विस्तार कार्यालयको उदघाटन गर्दै मुख्यमन्त्री यादवले उक्त कुरा बताउनु भएको हो ।

देशैभरी सवारी पत्र लिन विचौलियाको चंगुलमा परेर ठगिदै आएका उपभोक्ताहरुलाई यहाँबाट त्यस्ता कुरीतिहरुलाई अन्त्य गर्दै प्रक्रियात रुपमा आएका सेवाग्रहीहरुलाई सर्व सुलभ ढंगबाट सहज र छरितो ढंगबाट सवारी अनुमती पत्र प्रदान गर्न निर्देशन समेत उनले दिए ।


देशैभरी सवारी पत्र लिन विचौलियाको चंगुलमा परेर ठगिदै आएका उपभोक्ताहरुलाई यहाँबाट त्यस्ता कुरीतिहरुलाई अन्त्य गर्दै प्रक्रियात रुपमा आएका सेवाग्रहीहरुलाई सर्व सुलभ ढंगबाट सहज र छरितो ढंगबाट सवारी अनुमती पत्र प्रदान गर्न निर्देशन समेत उनले दिए ।
आउदो असार महिनाको बजेटमा प्रदेशको सबै जिल्लामा सवारी अनुमती पत्र प्रदान गर्न कार्यालयको स्थापना गरेर प्रदेशका जनताहरुलाई सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताए । हामी २४ घण्टा भित्रमै सवारी अनुमती पत्र दिन चाहन्छौ तर प्राविधिक कठिनाईको कारण एक साता भित्रमा उपलब्ध गराउने उनले स्पष्ट पारे । चाँडै प्रदेश सरकारले अनुमती पत्र छाप्ने मेशिन ल्याउने तयारी गरेको प्रतिबद्धता जनाए ।
स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर यहाँका नागरिकहरुलाई समृद्ध बनाउने तर्फ प्रदेश सरकार गम्भीर रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल गौरमा एक महिना भित्रमा आइसियु कक्ष संचालनमा ल्याउने, अस्पताललाई अझै व्यवस्थित बनाएर यहाँका सेवाग्रही विरामीहरुलाई बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने बताए ।
स्थानीय तह संग समन्वय गरेर बजेट बनाउने बेलामा शिक्षा क्षेत्रलाई सुधार गरेर गुणस्तरिय शिक्षा प्रदान गर्न आठै जिल्लामा एक वा दुई वटा प्रादेशिक विद्यालयको स्थापना गर्ने योजना रहेको बताउदै स्वास्थ्य र शिक्षा प्रदेशमै अत्यन्तै कमजोर अवस्थामा रहेको हुँदा त्यसलाई सुधार गरी अघि बढ्ने प्रष्ट पारे ।
नेपाल कृषि प्रधान देश भएको त्यसमा पनि मधेश प्रदेश कृषिको आधार क्षेत्र भएपनि यहाँ सिंचाईको समुचित रुपमा व्यवस्थापन नहुँदा किसानहरु अकाशे पानीको भरमा खेतीपाती गर्दै आएकोमा दुख व्यक्त गर्दै मुख्यमन्त्री यादवले विश्वमै जलसम्पदामा धनी भएपनि सिंचाई अभावको कारण कृषि क्षेत्र कमजोर बन्दै गएको जिकिर गरे । स साना खाला, नदीहरुबाट कुलो व्यवस्थापन गरेर कृषिलाई समृद्ध बनाउने तर्फ लग्नु मेरो सरकारको पहिलो प्राथमिकता रहेको प्रष्ट पारे ।
बजारमा पाइने किटनाशक औषधीहरुमा डुब्लीकेशन भईरहदा त्यसको गुणस्तरिय जाँच गर्न हाम्रो यहाँ ल्यावको अभाव रहेको छ, त्यसलाई व्यवस्थित बनाउन मोवाइल ल्याव चाँडै ल्याउने तयारी भईरहेको बताउदै उनले मलखाद्य, विउविजनको समुचित व्यवस्थापन गर्ने तर्फ प्रदेश सरकार गम्भीर रहेको बताए । वागमती, लाल बकैया लगायतका नदिहरु तटबन्धलाई दिगोपना बनाउन संघिय सरकार संघ समन्वय भईरहेको छ, राष्ट्रपति निर्वाचन पछि त्यस कार्यलाई संचालनमा ल्याउने बताए ।
प्रदेशमा रहेका १३६ पालिका प्रमुख र उपप्रमुख विच समन्वय गरेर कसरी मधेश प्रदेशको आठै जिल्लाका बासिन्दाहरुलाई सुखी र समृद्ध बनाउनु पर्ने हो त्यस सम्बन्धमा राय सुझाव लिएर कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरे । गौर राइस मिल्सको जग्गा अधिग्रहण गराउन आफू प्रदेशको सभामुख रहदा बजेट विनियोजन गराएको तर के कति कारणवस अधिग्रहण हुन सकेन त्यसको जानकारी लिई चाँडै जग्गा अधिग्रहण गरेर गौर नगरपालिकालाई हस्तान्तरण गरिने प्रतिबद्धता जनाए ।

गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले गौर नगरपालिका लगायत रौतहटको विभिन्न क्षेत्रमा विद्यमान रहेको शिक्षा, स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको हुँदा त्यसलाई सुधार गरेर गुणस्तरिय शिक्षाको व्यवस्थापनमा जोड दिनुपर्ने तथा प्रदेशबाट आउने बजेटलाई व्यवस्थित बनाउन स्थानीय तह मार्फत जानुपर्नेमा जोड दिए ।
पुर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले बागमती र बकैया नदीबाट बर्षेणी हुदै आएको जनधनको क्षतिलाई न्यून गर्न प्रदेश सरकारबाट ठोस योजनाहरु संचालनमा ल्याउनुपर्ने बताए ।
गौर नगरपालिकाको पूर्व मेयर अजयकुमार गुप्ताले गौर राइस मिल्सको जग्गालाई जति सक्दो अधिग्रहण गराउनु पर्नेमा प्रदेश सरकार गम्भीर हुनुपर्ने जिकिर गरे ।
यातायात कार्यालयका प्रमुख अरविन्दर यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं प्रदेश साँसद कृष्णप्रसाद यादवल लगायतका विभिन्न दलका नेता एवं कार्यकर्ताहरुको साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार