179
Shares
बिरगंज, १८ फागुन । खैरो हिरोइन सहित प्रहरीले बिरगजबाट २ जनाको पक्राउ गरेको छ ।
फागुन १६ गते दिउँसो ४ बजेतिर वीरगञ्ज महानगरपालिका वर्डा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोली सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ शंकास्पद रूपमा आउदै गरेकाको साथबाट लागुओषध बरामद भएको हो ।
महम्द नायम शेखलाई चेकजाच गर्दा झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट मा रहेको खैरो हिरोइन ३ सय ग्राम फेला परेको प्रहरीले जनाए ।
लागु औषध बरामद गरी महमद नायम शेखसंग अनुसन्धान गर्दा कोटेश्वर बस्ने सुरेश घले लाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन