बालुवाटार स्थित सरकारी भवनमा सर्ने

137 Shares

काठमाडौं, १९ फगुन । सभामुख देवराज घिमिरे बालुवाटार स्थित सरकारी भवनमा सर्ने भएको छ ।
सभामुख चयन भए पनि वासस्थान नहुँदा लोकन्थली स्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएको हो ।
सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । मन्त्री परिषदको निर्णयसँगै राष्ट्रियसभाको अध्यक्ष त्यहाँवाट बाहिर जाने छन भने उनी पुरानै आफनै भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लेनचौर स्थितमा जाने छन, त्यो भने निक्यौल भईसकेको छैन ।
वालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मुख्य सचिवले प्रयोग गर्दै आएको वालुवाटार स्थित सरकारी निवासमा सर्नु परेको थियो । तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुब्यावहारको आरोपमा थुनामा गएपछि रिक्त रहदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

सम्बन्धित समाचार