zoom download 64-bit www.zoom app login join zoom meeting uk login zoom app for windows free download is it easy to download zoom zoom meetings no download zoom hacked download

खेलाडीहरु संक्रमित हुन थालेपछि आइपिएलको स्थगित

   २१ बैशाख २०७८, मंगलवार १८:१९  

तराई टप डेष्क
रौतहट, २१ बैशाख । क्रिकेट प्रेमीहरुको लागि दुखद खवर तर वर्तमान अवस्थालाई मध्यनजर राख्दै विसिसिआईले उठाएको कदमलाई क्रिकेट विशेषज्ञहरुले सकारात्मक रुपमा लिएका छन् ।
विश्व व्यापी फैलिएको कोरोना महामारीको दोश्रो लहरले क्रिकेट अर्थात आइपिएलमा असर परका हुन् । कोरोना भाइरसको महामारीबाट आइपिएल क्रिकेट पनि अछुतो हुन रहन सकेनन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (विसिसिआई) ले कठोर कदम उठाउदै आज देखि सवै खेल स्थगन गरेका छन् ।
इन्डियन प्रिमियर लिग (आईपिएल क्रिकेट) खेल्ने खेलाडीहरू कोरोना भाइरस संक्रमित हुन थालेपछि आईपीएल क्रिकेटका खेललाई अनिश्चितकाल सम्मका लागि स्थगित गरिएको बताइएको छ ।
कोरोना संक्रमणको प्रभावलाई लिएर आईपीएल र बीसीसीआईका अधिकारीहरूको आपत्कालीन बैठकले तत्कालका लागि आईपीएलका सबै खेल रोक्ने निर्णय गरेको हो ।
आईपीएलका अध्यक्ष बृजेश पटेलले खेलाडी र टिमका सदस्यमा कोरोना संक्रमण देखिए पछि आईपीएलका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै