सुकुम्वासी बस्तीमा नगर प्रहरी मार्थि आक्रमण गर्ने २ जना पक्राउ

   फाल्गुन १९, २०७९  
108 Shares

काठमाडौँ, १९ फागुन । थापाथली स्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्तीमा नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हुकुम बहादुर लामा र नारायण परिश्रमिक रहेको हो । नारायणलाई सुनसरीबाट र हुकुम बहादुर लामालाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए ।
मंसिर १२ मा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन खोज्दा उनीहरूले ढुंगामुढा गरेका थिए । महानगरपालिकाको प्रहरी टोलीलाई घरेलु हतियार सहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीलेहरुले आक्रमण गर्दा पाण्डे सहितका प्रहरी घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै