तरकारी तथा फलफूलको मुल्य सार्वजनिक

91 Shares

काठमाडौँ, १९ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको लागि तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ ।
अङ्गुरको मूल्य प्रतिकेजी २ सय रुपैयाँ, हरियो अङ्गुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २८० रुपैयाँ र आभोकाडो ५ सय रुपैयाँ, अमला ७० रुपैयाँ, किवी ४ सय रुपैयाँ र अम्बा १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४ सय रुपैयाँ र हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी १३ सय रुपैयाँ, चमसूरको साग ६० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३ सय रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदिना २२० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

सम्बन्धित समाचार