चीन र स्पेनका विदेशमन्त्री जी २० बैठकमा सहभागी हुन भारत आइपुगे

130 Shares

नयाँ दिल्ली, एजेन्सी । जी २० को बैठकमा सहभागी हुन चीन र स्पेनको विदेशमन्त्री भारत आइपुगेको छ ।
साउदी अरेबिया, चीन, इन्डोनेसिया, स्पेन र क्रोएसियाका विदेशमन्त्रीहरू जी २० विदेश मन्त्रीहरूको बैठकमा भाग लिन बिहीबार भारत आइपुगेको हो ।
बैठकका लागि यसअघि क्यानडा, रुस, अर्जेन्टिना, सिंगापुर र बंगलादेशका विदेशमन्त्री दिल्ली पुगेका थिए ।
बैठकमा विश्व व्यापार संगठन (डब्लु टि ओ) का महानिर्देशक न्गोजी ओकोन्जो–इवेला सहित करिब ४० प्रतिनिधिमण्डल सहभागी हुने अपेक्षा गरिएको छ । एएनआई ।

सम्बन्धित समाचार