विगत केही वर्षमा विश्वव्यापी शासन २ जनादेशमा असफल भयो – जी २० विदेश मन्त्रीहरूलाई प्रधानमन्त्री मोदीको सम्बोधन

   फाल्गुन १९, २०७९  
107 Shares

नयाँ दिल्ली, एजेन्सी । विश्व परिवेशमा शक्ति सन्तुलन एवं वर्चस्व कायम गर्ने होडमा मानवतालाई विर्षिन लागेको कुरा भारतीय प्रधानमन्त्रीले जी २० विदेश मन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिल्लीमा जी २० विदेश मन्त्रीहरूलाई सम्बोधन गर्दै उक्त कुरा भनेका हुन् ।
उनले भने कि विश्व युद्ध २ पछिको विश्वव्यापी शासन संरचनाले भविष्यमा हुने युद्धहरू रोक्न र अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिनको लागि बनाएको “आफ्ना जनादेशहरूमा विगत केही वर्षहरूमा असफल भएको छ” ।
यो आर्थिक संकट, जलवायु परिवर्तन, महामारी, आतंकवाद र युद्धमा प्रतिबिम्बित हुन्छ, प्रधानमन्त्री मोदीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै