२० हजार अक्सिजन सिलिण्डर चिनबाट भित्रयाउने

   २१ बैशाख २०७८, मंगलवार १८:४४  

तराई टप संवाददाता
रौतहट, २१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनबाट २० हजार खाली अक्सिजन सिलिण्ड नेपाल भित्रयाउने भएको छ ।
कोभिड १९ को दोश्रो लहरमा विरामीहरुमा अक्सिजनको निकै कमी भईरहेको पाइएपछि अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका निमित्त मन्त्रालयले चिनबाट २० हजार खाली सिलिण्डर नेपाल ल्याउन लागिएको हो ।
मुलुकमा अक्सिजनको अभाव नभएपनि सिलिण्डर नहुँदा समस्या परेको बताउदै मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले अर्को साता चिनबाट खाली सिलिण्डर नेपाल आइसक्ने प्रष्ट पारे । “हामी संग अक्सिजनको कमी छैन, तर खाली सिलिण्डर नहुँदा विरामीहरुलाई चाहिने पर्याप्त मात्रामा अक्सिजन पुर्याउन कठिन रहेको बताए ।” मन्त्रालयले प्राणवायु (अक्सिजन) को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै