105
Shares
बार्सिलोना, १९ फागुन । ब्राजिल तथा बार्सिलोनाको पूर्वस्टार खेलाडी रोनाल्डिन्होका छोरा जाओ मेन्डेस बार्सिलोनाको यू–१९ टोलीमा अनुबन्ध भएको छ ।
बार्सिलोनाले मेन्डिसलाई अनुबन्ध गरेको जानकारी दिँदै उनी लामो समयदेखि बार्सिलोनाको ए टिमसँग प्रशिक्षण गरिरहेको बताइएको हो ।
उनको सफल ट्रायलपछि बार्सिलोनाले अनुबन्ध गर्ने निर्णय गरेका छन् । मेन्डिसले एक वर्षसम्मको सम्झौता गरेका हुन् ।
१८ वर्षीय मेन्डिस १९ वर्ष पूरा भएसँगै सम्झौता रद्द हुने छ । रोनाल्डिन्होले पनि बार्सिलोनामा रहेर २ सय ७ खेल खेल्दै ९४ खेल गोल गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन