विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक लगातार दुई ओभरमा विकेट लिए

   फाल्गुन १९, २०७९  
156 Shares

काठमाडौँ, १९ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले लगातार दुई ओभरमा विकेट लिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले २२ औं ओभरको पाँचौं बलमा तेस्रो विकेट लिँदा २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले विकेट लिएको हो ।
सोमपालले २२ औं ओभरको ५ं बलमा टोनी उरालाई ३९ रनमा कट एण्ड बोल्ड आउट गराएका हुन् ।
त्यस्तै २३ औं ओभरको अन्तिम बलमा कुशलले असाड भालालाई ११ रनमा एलबीडब्लू आउट गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै