लगातार दुई खेलमा रियल मड्रिडलाई घरेलु मैदानमा हराए

   फाल्गुन १९, २०७९  
112 Shares

मड्रिड, १९ फागुन । लगातार दुई खेलमा पराजयपछि पुनरागमन गर्दै बार्सिलोनाले कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु मैदानमा हराएको छ ।
खेलको पहिलो हाफमा एडर मिलिटाओले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक बन्यो । स्यान्टियागो बर्नेबेउमा घरेलु टोलीले खेलमा नियन्त्रण बनाउँदै गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन ।
ज्याभीको टोलीले रक्षात्मक खेल प्रदर्शन गर्दै रियलको आक्रमणलाई विफल बनाए । अब दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै