भान्सा कोठामा लुकाएर राखेको अफिम सहित एक युवक पक्राउ

   फाल्गुन १९, २०७९  
112 Shares

हेटौंडा, १९ फागुन । ईलाका प्रहरी कार्यालय मनहरीले भान्सा कोठामा लुकाएर राखेको अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।
मनहरी वडा नं. ६ का ४० बर्षीय नरमान घिसिङलाई बिहीबार राति ११ बजे प्रहरी निरीक्षक कृष्णराज ढकालको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएको हो ।
विशेष सूचनाको आधारमा गएको टोलीले घिसिङको घरको भान्सा कोठामा कालो झोलामा प्लास्टिकले बेरी लुकाइ राखेको १ किलोग्राम अफिम फेला पारेको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै