युक्रेन शान्ति प्रक्रियामा सहयोग गर्न भारत तयार – प्रधानमन्त्री मोदी

170 Shares

नयाँ दिल्ली, एजेन्सी । रुस युक्रेन युद्धमा युक्रेनलाई शान्ति प्रक्रियामा भारत सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी सँगको द्विपक्षीय वार्ता पछि प्रधानमन्त्री नरेन्द्र मोदीले रुस–युक्रेन द्वन्द्व समाधान गर्न भारत सहयोग गर्न पूर्ण रूपमा तयार रहेको बताएका हुन् ।
मेलोनीले थपे कि इटालीले आफ्नो जी २० अध्यक्षताको अवधिमा युक्रेनमा शान्ति प्रक्रियालाई सहज बनाउन भारतले केन्द्रीय भूमिका खेल्ने आशा राखेको छ । मोदीले भने, “भारतले स्पष्ट पारेको छ कि यो विवाद वार्ता र कूटनीतिबाट मात्र समाधान गर्न सकिन्छ,” मोदीले थपे ।

सम्बन्धित समाचार