विश्वासको मतमा प्रधानमन्त्री ओलीलाई फेल गराउने काँग्रेसको निर्णय

तराई टप संवाददाता
काठमाडौं, २१ वैशाख । प्रधामन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन संसदमा विफल गराउने निर्णय नेपाली काँग्रेसले गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीहरुको मंगलवार बसेको वैठकले प्रधानमन्त्री ओललाई समर्थन दिएका माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सँसदमा प्रधानमन्त्रले लिने विश्वासको मतको विरुद्धमा मतदान गरी फेल गराउने निर्णय काँग्रेसले लिएको हो र
बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिड लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिन कै लागि अधिवेन बोलाइएको भन्दै काँग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने बताइएको छ ।
बैठक सकेपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्र ओली विश्वासको मत लिन प्रयोजनका लागि २७ गते सँसदको वैठक बस्ने निर्णय गरेको हुँदा त्यसलाई पूर्ण रुप्मा विफल बनाउन काँग्रेसले पहल गर्ने बताए । ओली सरकारले संवैधानिक मूल्य र मान्यतालाई भत्काएर काम गरिरहेको, प्रदेशहरुमा अल्पमतमा पुगेपछि जबरजस्ती सरकार बनाएको काँग्रेसले चर्को रुपमा आपत्ती जनाएको छ ।
सहमहामन्त्री डा. महतले “केन्द्रकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप भएको छ, यसको हामीले भर्त्सना पनि गरेका छौं ।” काँग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरी ल्याएकोमा आलोचना गरेको छ ।