सर्लाही, १९ फागुन । सर्लाहीको दक्षिण र पश्चिम ग्रामीण भेग स्थित गोडैता नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई लक्षित गरी निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ ।
स्वास्थ्य सेवा विभागबाट अल्ट्रासाउण्ड मेसिन प्राप्त भएपश्चात नगरपालिकाले आफ्नै एक जना स्वास्थ्य कर्मीलाई तालिम दिइ दक्ष पारेर स्थानीय गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा अर्थात भिडियो–एक्सरेको सुविधा प्रदान गर्न सुरु गरेको हो ।
सिसौटिया स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच गोडैताका नगरप्रमुख देवेन्द्र यादवले ग्रामीण अल्ट्रासाउण्ड सेवाको उद्घाटन गरेका छन् ।
भारतसँग सीमा जोडिएको गोडैता नगरपालिकाका १२ वटा वडामा नौ स्वास्थ्य चौकी, तीन आधारभूत स्वाथ्य केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाइ गरी १३ वटा स्वास्थ्य संस्था रहेका छन् ।
स्वास्थ्यकर्मीलाई सिसौटिया बाहेक अरु १२ वटा स्वास्थ्य संस्थामा एक महिनामा एक दिन अल्ट्रासाउण्ड मेसिन नै लिएर गर्भवतीको गर्भावस्था र शिशुको अवस्था पत्ता लगाउन पठाइने छ । बाँकी अरु दिन भने सिसौटिया स्वास्थ्य चौकीमै मेसिन राखी भिडियो–एक्सरे सेवा प्रदान गरिने स्वास्थ्य शाखाका संयोजक पण्डितले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन