ईश्वरपुरमा मृर्गौला डायलायसिस हुने

167 Shares

सर्लाही, १९ फागुन । आगामी बैशाखदेखि सर्लाहीको ईश्वरपुरमै मृर्गौला डायलायसिस हुने भएको छ ।
नगरपालिका कार्यालयले राष्ट्रिय मृर्गौला उपचार केन्द्रसँग सहकार्यमा बयलवास स्थित नगर अस्पतालमा मृगौला डायलायसिसको व्यवस्था गर्न लागेको हो ।
केन्द्रका संचालक डाक्टर ऋषिराज काफ्ले बयलवास आएर मृर्गौला प्रत्यारोपणको व्यवस्था के कसरी मिलाउन सकिन्छ ? भनी नगर अस्पतालको निरीक्षण समेत गरेका छन् ।
बैशाखदेखि राष्ट्रिय मृर्गौला उपचार केन्द्रका चिकित्सक सहितको टिम आएर यहीँ नियमित रुपमा यस क्षेत्रका नागरिकलाई मृर्गौला डायलायसिसको सेवा प्रदान गर्ने ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले बताए ।
उनका अनुसार डा. काफ्लेलाई मेयर आचार्य, उपमेयर रन्जितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, योजना शाखा प्रमुख पुष्करमणि घिमिरेलगायत भएर नगरपालिकामा स्वागत गरेका छन् ।

सम्बन्धित समाचार