परिक्रमा हिजो सत्तोषर विश्राम गरी आज औरही पुगे

   फाल्गुन १९, २०७९  
206 Shares

मिथिला, १९ फागुन । मिथिला माध्यमिकी परिक्रमा विहीबार सत्तोषर विश्राम गरी शुक्रबार औरही आइपुगेको छ ।
शुक्रबार विहानै परिक्रमाका श्रद्धालुहरु १२ औं विश्रामस्थल औरही आइपुगेको हो । औरही विश्रामस्थलमा परिक्रमा स्वागतको तयारी तथा सरसफाइ गरेका छन् ।
धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट यही फागुन ८ गतेदेखि सुरु भएको परिक्रमा १२ औं विश्राम स्थलमा आइपुगेको छ । मिथिला विहारी मन्दिरबाट सुरु भइ हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम हुँदै सत्तोषर पुगेको थियो ।
जनकपुरधाम पुगेर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने छन् । जुन व्यक्तिले मध्यमा परिक्रमा भाग लिन नसकेको भए पनि अन्तगृहमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ ।
यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै