सोनिया गान्धी अस्पताल भर्ना भएकी

127 Shares

भारत, १९ फगुन । भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् ।
उनलाई राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हो । डाक्टरका अनुसार उनलाई ज्वरो आएपछि अस्पताल ल्याइएको थियो ।
अस्पतालले जारी गरेको रिपोर्टमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ । अस्पताल प्रवक्ताका अनुसार गान्धीलाई बिहीबार भर्ना गरिएको थियो ।
अस्पतालका अध्यक्ष डीएम राणाले उनी डा. अरुप वासुको निगरानीमा अस्पताल भर्ना भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार