नारी दिवसको अवसरमा सेवा र हेल्थ प्याकेजहरूमा छुटको स्किम सार्वजनिक

   फाल्गुन १९, २०७९  
188 Shares

काठमाडौं, १९ फागुन । नर्भिक इन्टरनेशनल हस्पिटलले नारी दिवसको अवसर पारेर विभिन्न उपचार सेवा र हेल्थ प्याकेजहरूमा भारी छुटको स्किम सार्वजनिक गरेको छ ।
हस्पिटलले २४ गते पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो ।
नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरूमा नर्भिकले ६ मार्चदेखि १३ मार्च सम्मको लागि १५ प्रतिशत छुट दिने छ ।
सो अवधिमा महिलाहरूको स्तनको जाँचको लागि गरिने विशेष एक्सरे गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ ।
नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनको लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्किम समेत सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै