zoom conference app sheogorath zoom download join a zoom meeting using meeting id zoom download center free pc - zoom download center free pc download zoom.us on laptop

शुक्रवार राति १२ बजे देखि ठूला तथा सवारी सधान, होटेल रेष्टुरेन्ट बन्द हुने

   २२ बैशाख २०७८, बुधबार १८:५७  

तराई टप संवाददाता
रौतहट, २२ वैशाख । रौतहट सदरमुकाम गौर सहित जिल्लाको विभिन्न स्थानहरुमा बढ्दो भिडभाडलाई नियन्त्रण गर्ने उद्देश्यबाट आउदो शुक्रवार राति १२ बजे देखि सवारी साधनको साथै होटेल रेष्टुरेन्ट बन्द गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बुधवार बसेको जिल्ला कोभिड संकट नियन्त्रण व्यवस्थापन समितिको वैठकमा बैशाख २४ गते शुक्रवार राति १२ बजे देखि साना, ठूला सवारी साधनको साथै होटेल, रेष्टुरेन्ट बन्द गर्ने भएको हो ।
सदरमुकाम सहितको ग्रामिण भेगको बजारहरुमा मानिसहरुको भिडलाई नियन्त्रण गरी कोभिडको जोखिमलाई कम गर्ने उद्देश्यबाट कठोर कदम चाल्ने निर्णय गरिने स्थानीय प्रशासनद्धारा तयारी अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
जिल्लामा प्रतिदिन बढिरहेको कारोना संक्रमितको संख्यालाई नियन्त्रण एवं संक्रमितहरुलाई जोगाउनका लागि पहिलो चरणमा दुई, तिन, चार पाँग्रे सहित ठूला सवारी साधन र होटेल रेष्टुरेन्ट बन्द गर्ने यसबाट पनि प्रभाव नपरेमा अनि मात्रै निषेधाज्ञा लगाउन सकिने प्रजिअ यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै