तिब्बती राष्ट्रिय विद्रोह दिवशको प्रतिक्षामा तिब्बतीहरु

   फाल्गुन २०, २०७९  
157 Shares

लन्डन, एजेन्सी । स्वतन्त्र देश तिब्बत माथि चिनियाँ आक्रमण पश्चात गरिएको विद्रोहलाई तिब्बतीहरु राष्ट्रिय विद्रोह दिवश १० मार्चमा मनाउन प्रतिक्षारत रहेको जनाइएको छ ।
भ्वाइस अफ तिब्बत नामक ट्वीटर एकाउण्ट हैण्डलबाट सार्वजनिक गरिएको तिब्बती राष्ट्रिय विद्रोह दिवश मनाउन लन्डन युकेमा रहेका तिब्बती नागरिकहरु प्रतिक्षारत रहेको हो ।
तिब्बत माथि चिनियाँ सरकारद्धारा गरिएको अतिक्रमण, दमन, अत्याचार लगायतका कुकृत्यहरु विरुद्ध तिब्बती नागरिकहरु स्वस्फूर्त रुपमा गरिएको ठूलो आन्दोलनलाई तिब्बती राष्ट्रिय विद्रोह दिवसको रुपमा हरेक बर्ष १० मार्चका दिन मनाउने गरेका छन् जुन तिब्बतीहरुको लागि चीन विरुद्ध प्रदर्शन गर्ने हौसला प्रदान गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै