लडैया समनपुरको एतिहासिक पहिचान ओझेलमा, मेला महोत्सवमा रमाउदै जनप्रतिनिधि

177 Shares

रौतहट, २० फागुन । इष्ट इण्डिया कम्पनीका फौज माथि विजय प्राप्त गरेको दिनमा विजयत्सव मनाई देशमै लडैइया समनपुरको नाम चिनाउनु पर्ने तर मेला लगाएर अनाधिकृत रुपमा नगरपालिकाको बजेट सकाउनमा केही वडाध्यक्षहरु लागि परेका छन् ।
नेपालीमा एउटा उखान छ “कहि नभएको जात्रा, हाँडी गाउँको” भने झै यतिखेर रौतहटको निर्वाचन क्षेत्र नम्वर ४ को इतिहासिक गढिमाई नगरपालिकाको समनपुरमा भएको पाइन्छ । परापुर्वकाल देखि चल्दै आएको फागु मेलालाई निरन्तरता दिइने तर लडैइया समनपुरको योगदानलाई देशैभरी फिजाउने ठोस काम नभएको पाइएका हुन् ।
भारतमा शासन रहेका व्रिटिस साम्राज्यको इष्ट इण्डिया कम्पनीका सैनिकहरु नेपाल माथि आक्रमण गर्दै तत्कालिन लडैया समनपुर सम्मको भु भाग कब्जामा लिएपछि ईस्वी सम्बत १८१४ डिसेम्बर ३१ गतेका दिन स्थानीय बासिन्दाहरुको साथमा नेपाली सेनाले रातिको समयमा घरेलु हातहतियारबाट व्रिटिश फौज माथि आक्रमण गरी नेपाली भु—भागबाट लखेटेको थियो ।
ब्रिटिस फौजलाई लखेटको दिन देखि समनपुरमा फागु मेला लाग्ने गरेको मान्यता अनुसार प्रत्येक बर्ष फागु मेला लाग्ने गर्दै आएको छ । यत्रो एतिहासिक काम गरिएको लडैया समनपुरको नाम इतिहासको पन्नामा दर्ज हुनुपर्ने थिए तर ठोस नीति र कार्यक्रम नगर्दा मेला महोत्सवमै सिमित रहेका छन् ।
स्थानीय तह आएपछि त्यस क्षेत्रका जनताहरु समनपुरबासीको कायापलट हुन्छ भन्दै आशा जागेका थिए त्यस अनुरुप कामहरु पनि भयो, केही पोखरीको उत्खनन गर्दा तत्कालिन समयमा अंग्रेस फौज संग लडिएका हतियारहरु बरामद भए, तर त्यसलाई राष्ट्रिय स्तरमा पुर्याउन नसक्दा लडैया समनपुर बर्षेणी फागु मेला महोत्सवमै सिमित रहदै आएका छन् ।
नगरपालिकाबाट बजेट विनियोजित गरेर वडाध्यक्षलाई भव्य बनाउन जिम्मेवारी दिइएपनि वडाध्यक्ष मेला लगाउन मै तल्लिन रहदा समनपुरको इतिहासिक कृति मानिसहरु विर्षदै गएका छन् ।
निकै ठूलो तामझाम गरेर मेला महोत्सवको उदघाटन गराए तर त्यस क्षेत्रको कृति पहिचान र एतिहासिक कार्यको झ झल्को सम्बन्धमा देशभरी फिजाएर समनपुरमा आन्तरिक पर्यटन भित्रयाउने तर्फ ध्यान गएन, मात्रै बजेट ल्याउने र मेला लगाउनेमा मात्रै सिमित रहेको पाइएको छ ।
तत्कालिन समयमा बनाइएको एतिहाँसिक किला अझै शंकरगुदर माविको पश्चिम पछि सिसौं घारीमा अवस्थित छन्, त्यसलाई व्यवस्थित बनाई आन्तरिक पर्यटनलाई बढावा दिनेतर्फ नगरपालिकाको साथै निर्वचित जनप्रतिनिधिहरुको ध्यान जाओस ।

सम्बन्धित समाचार