साउदी अरेबियाले विश्वविद्यालयहरूमा योग कक्षाको तयारीमा

136 Shares

दुबई, एजेन्सी । साउदी अरेबियाले देश भित्रका विश्वविद्यायहरुमा विद्यार्थीहरुलाई स्वस्थ्य राख्न का निमित्त योग कक्षा लागु गर्ने तयारीमा जुटेका छन् ।
मानसिक र शारीरिक रुपमा स्वस्थ्य राख्नको लागि साउदी अरेबियाले आफ्नो विश्वविद्यालयहरूमा योग शिक्षालाई महत्वका साथ ध्यानमा राख्दै योगा सुरु गर्ने तयारी गरेको बताइएका हुन् ।
साउदी योग समितिका अध्यक्ष नोफ अल–मारवाईका अनुसार आगामी केही महिनाहरूमा देशका प्रमुख विश्वविद्यालयहरूसँग यसका लागि धेरै सम्झौताहरू हस्ताक्षर गरिनेछ । रियादमा आयोजित एक मञ्चले उक्त निर्णय गरेको हो ।

सम्बन्धित समाचार