जनयुद्ध दिवस मनाउने निर्णय

   फाल्गुन २१, २०७९  
161 Shares

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय कोसेढुङ्गा भएको बताएको छ ।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले भने, फागुन १ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । जनयुद्ध दिवस बनाउने अर्को कोसेढुङ्गा हो ।
आफू नेतृत्वको सरकारले जगडोलमा शहीद पार्क बनाउने तथा शहीदहरुको नाम राजपत्रमा समावेश गर्ने निर्णयलाई उनले ठूलो परिघटना भनेका छन् ।
‘माओवादी आन्दोलन प्रभाव कमजोर भएर होइन । माओवादीका सबै धारहरु एकठाउँ हुँदा जबर्जस्त बल छ भनेर नै प्रतिक्रियावादीहरुले भ्रम छर्ने र घेरा हाल्ने षडयन्त्र गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दी विरुद्ध लडिरहेको भन्दै पूर्व माओवादीहरु एकठाउँमा आउनुपर्नेमा जोड दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै