सवारी दुर्घटनामा ५ जनाको मृत्यु

   फाल्गुन २१, २०७९  
115 Shares

काठमाडौं, २१ फागुन । ओखलढुंगा र धनुषामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
ओखलढुंगामा आइतवार बिहान भएको दुर्घटनामा २ जनाको र धनुषामा गएराति भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नं.३ दियालेमा आज बिहान ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा चिशंखुगढी वडा नं.३ का मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं.४ मा गएराति ज १ त ५२४५ नम्बरको ट्याक्टरसँग ठोक्किएर ज १० प ६४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्थानीय ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सतो साह सुडीको मृत्यु भएको छ ।
धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं.९ बरमझियामा प्रदेश २–०२–००६ प २६५१ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा शहीदनगर नगरपालिका–९ कि ४५ वर्षीया कुमारीदेवी मण्डलको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै