घोराही–तुलसीपुर सडकखण्डमा आधा घण्टा अवरुद्ध

   फाल्गुन २१, २०७९  
101 Shares

दाङ, २१ फागुन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाले घोराही–तुलसीपुर सडकखण्डमा आधा घण्टा अवरुद्ध गरेको छ ।
घोराही–तुलसीपुर चारलेन सडक निर्माण पुरा गर्नुपर्ने भन्दै नेकपा तुलसीपुर नगर समितिले आइतवार बिहान तुलसीपुरको हात्तीखौवामा बिहान ११ बजेदेखि ११ः३० सम्म उक्त सडक अवरुद्ध गरेको हो ।
सडक निर्माण सुरु नभए थप अन्दोलन गर्ने नेकपाले चेतावनी दिएको छ । दाङको घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवा सम्मको २५ किलोमिटर लामो सडक ४ वर्षदेखि अलपत्र छ ।
भारतको तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले जिम्मा पाएको उत्त सडक ४ वर्षमा १० प्रतिशतमात्र काम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै